अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

नेकपाको तीनवटै गुटका दोस्रो तहका नेता पुल्चोकमा भेला

बिआरटीनेपाल २०७७ असार २३ गते ०:०७ मा प्रकाशित

पार्टीलाई विभाजनबाट जोगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो तहका नेताहरुको बैठक अहिले बसिरहेको छ ।कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुषालको नेतृत्वमा पार्टीका तीनवटै गुटका दोस्रो तहका नेताहरु पुल्चोकको एक होटेलमा भेला भएका छन् ।

उनीहरुले कुनै पनि हालतमा पार्टीलाई फुटबाट जोगाउन नेतृत्वलाई दबाब दिने रणनीति लिएका छन्।पार्टी विभाजन भए कम्युनिष्ट आन्दोलनसँगै आफूहरुको भविष्य समेत अन्धकार रहेको भन्दै उनीहरुले पार्टीलाई विभाजनबाट जोगाउन शीर्ष नेतृत्वलाई दबाब बढाएका छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको माग छ । तर आफूले दुवै पदबाट राजीनामा नदिने बरु पार्टी विभाजन गरेर अघि बढ्ने चेतावनी ओलीले दिएपछि नेकपा संकटमा छ । दुई अध्यक्ष बसेर विवाद मिलाउने सहमति ओली र दाहालबीच भएको बताइएपनि एकताबाट भाग्न नमिल्ने भन्दै दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू