अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

प्रिमियर लिगः आत्मघाती गोलले टोटनह्याम विजयी

बिआरटीनेपाल २०७७ असार २३ गते ०:०६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई १—० ले हराएको हो । २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल नै टोटनह्यामको जितमा निर्णायक बन्यो ।

जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू