अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

हामी छौँ साथ -छ हातमा हात भन्दै आए शिव लामिछाने

बिआरटीनेपाल २०७७ असार २२ गते ११:३७ मा प्रकाशित

धरान । विश्वव्यापी महामारी कोरोनाको आतङ्क पहिले भन्दा निक्कै कम भए पनि कोरोना सङ्क्रमितहरू दिन प्रतिदिन बढी नै रहेको छ र लगभग चार महिनाको अवधिमा विश्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ । विश्वलाई नै प्रभावमा पारेको यो प्रकोपले हाम्रो देश नेपाललाई नछुने कुरै भएन । भूकम्पले थालिएर बिस्तारै चल्बलाउदै गरेको यो अवस्थामा कोरोना प्रकोपले पुरै धराशायी भएको छ र यसको लागि हामी सबै नेपाली एक हुनु जरुरी छ र सम्पूर्ण विश्वलाई हामी नेपाली एक छौ भन्ने देखाउने यो सुनौलो दिन पनि रहेको बताउँदै चर्चित गायक शिव लामिछाने “शिबाज” ले आफ्नो नयाँ गीत “हामी छौँ साथ छ हातमा हात” म्युजिक भिडियो सहित निकालेका छन् I

कृपा अनप्लगड जस्तो चर्चित म्युजिकल सो समेत परिकल्पना तथा निर्माण गरेका गायक शिव लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् । हर्कुलस बस्नेतको शब्द तथा सङ्गीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको सङ्गीत संयोजन रहेको छ भने रञ्जित वल्लभ उप्रेती भिडियो सम्पादन गरेका छन् । भिडियोमा कलाकारको रूपमा नेपाल लगायत चीन, जर्मनी, हंगकंग लगायतका देशहरूबाट ४८ जना नेपालीहरूको संलग्नता रहेको छ । महामारीको प्रकोप सँगै देशको अर्थ राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाइ, दिदी बैनी, इष्टमित्र, आमाबाबु, परिवारको मुहारमा केही उज्यालो आवेश भन्ने मेरो मात्र नभएर हामी सबैको आकांछा रहेको गायक शिव लामिछाने बताउँछन् । उनी थप्छन्-विगत देखि नै जे जस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौँ र गर्ने नै छौँ । हाम्रो सब भन्दा ठुलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो र गायक लामिछानेको यो गीतले पनि भनेको छ- हामी छौँ साथ ।

एउटै छ सूर्य हाम्रो
एउटै छ चन्द्रमा
बद्लिनु छ परे भने
परिस्थिति मिलीजुली
सपार्नु पर्छ छोरा बनी
समाल्नुनि छ हाम्रो यो देशलाई

हामिछौं साथ छ हातमा हात
मिलांउदै जो काँधमा काँध

हेर ती आँखाहरूमा
आसा हरू कति छन्
पढ यी हत्केलाहरू
भविष्य आफै बनाउने छौ
आज नै हो यो आयो दिन
सन्सार लाई देखाउने
हाम्रो श्रम हाम्रो काम
यही हो हाम्रो उन्नति

हामी छौँ साथ छ हातमा हात
मिलांउदै जो काँधमा काँध

प्रतिक्रिया