अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 11:44

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असार २२ गते ६:३१ मा प्रकाशित

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रु रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

कोरोना संक्रमणको पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको बताइएको छ । विदेशमा रहेका नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू