अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्रन सरकारको आदेश

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२८ मा प्रकाशित

सरकारले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी कारबाही गर्ने भएको छ। गृहमन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको हो।

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशन नमान्नेलाई संक्रामक रोग निवारण ऐन अनुसार कारबाही गरिने बताउनुभयो ।

आवश्यक मापदण्ड पालना गर्ने गरी लकडाउन खुकुलो पारिएको भए पनि सर्वसाधारणले मास्क नलगाएरै घर बाहिर निस्कने र अनावश्यक भीडभाड गर्ने गरेको पाइएपछि त्यसलाई रोक्न मातहतका निकायलाई परिपत्र गरिएको अधिकारीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू