अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

शुल्क लिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालयहरुको आन्दोलन स्थगित

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२२ मा प्रकाशित

शुल्कको विषयमा लिएर आन्दोलनमा उत्रिएको निजी विद्यालयहरुले आन्दोलन स्थगित गरेका छन् । जेठ महिना देखिको अतिरिक्त शुल्कबाहेक अन्य शुल्क लिन पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलसँग हिजो भएको छलफलमा सरकारले केही कदम चाल्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो । निजी विद्यालयहरुको छाता संगठन प्याव्सनका अध्यक्ष टिकाराम पुरीले शिक्षामन्त्री पौडेलले आफूहरुको माग पूरा गराउन थप छलफल गर्ने बताएपछि आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।

प्याब्सन र एन– प्याब्सनले वैशाख महिनाको शुल्क मिनाह गर्ने तर जेठदेखिको शुल्क लिन पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू