अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

पार्टी एकता कायम राख्न नेकपा मुख्यालय धुम्वाराहीमा आज पनि धर्ना

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२२ मा प्रकाशित

पार्टी एकता कायम राख्न माग गर्दै नेकपा कार्यकर्ताले सोमबार पनि पार्टी कार्यालयमा धर्ना दिएका छन्।नेताहरुबीचको आन्तरिक कलहका कारण नेकपा फुटको संघारमा पुगेपछि कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिन पार्टी कार्यालयमा धर्ना बस्दै आएका छन्।

केन्द्रीय सदस्य ठाकुर गैरेको सक्रियतामा कार्यकर्ताहरुले धर्ना दिँदै आएका छन्। केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षधर लागि परेपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ।

विवादका कारण पार्टी विभाजनको संघारमा पुगेपछि तल्ला तहका कार्यकर्ताहरुले एकता नभत्काउन दबाब दिँदै आएका छन्। गैरेकै नेतृत्वमा नेकपाभित्रको विवाद समाधान गर्न केन्द्रिय सदस्यहरुले केन्द्रिय समितिको बैठक माग गर्नका लागि हस्ताक्षर अभियान चलाएका छन्।

नेकपाको विधानमा एक चौथाई केन्द्रिय सदस्यले माग गरे बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ। ४४१ सदस्यीय नेकपा केन्द्रिय समितिमा हाल ४३७ जना रहेका छन्। एक चौथाईका लागि ११० जना केन्द्रिय सदस्यहरुको हस्ताक्षर आवश्यक पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू