अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

कोभिड–१९ का कारण विश्वभर १ करोड १५ लाख ८५ हजार १ सय बढी संक्रमित, ५ लाख ३७ हजार ३ सय ६३ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १५ लाख ८५ हजार १ सय जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ३७ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६५ लाख ५२ हजार ५ सय ५६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३२ हजार ५ सय ७१, इटालीमा ३४ हजार ८ सय ६१, स्पेनमा २८ हजार ३ सय ८५, फ्रान्समा २९ हजार ८ सय ९३, बेलायतमा ४४ हजार २ सय २० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ७ सय ३१, जर्मनीमा ९ हजार ८६ , बेल्जियममा ९ हजार ७ सय ७१, ब्राजिलमा ६४ हजार ९ सय , रसियामा १० हजार २ सय ९६ र क्यानडामा ८ हजार ६ सय ८४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १९ हजार ७ सय ७ , पाकिस्तानमा ४ हजार ७ सय ६२, बंगलादेशमा २ हजार ९६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय ९८ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ११ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू