अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित

बिआरटीनेपाल २०७७ असार २२ गते ०:५८ मा प्रकाशित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग एक शून्यले पराजित भएको छ । गएराति भएको खेलमा सिटीलाई हराउन साउथह्याम्टनका लागि चे एडम्सको एकमात्र गोल निर्णायक बन्यो ।सिटीका केही मुुख्य खेलाडी चोटका कारण मैदानमा उत्रिएका थिएनन् । जसका कारण सिटीले पछिल्ला पाँच खेलमा दोस्रो हार ब्यहोर्नुपर्यो ।

खेलको १६ औं मिनेटमा नै साउथह्याम्टनका एडम्सले ४० यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो । तर त्यसपछि सिटीले बारम्बार गोलका लागि दबाव दिदापनि सफल भएन । जसका कारण एडम्सको एकमात्र गोल साउथह्याम्टनका लागि जित्न पर्याप्त बन्यो । यो जितले साउथह्याम्टनको ४३ अंक भएको छ भने सिटीको ६६ अंक छ ।

प्रतिक्रिया