अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

नेकपा बरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, राजदूतको सक्रियता ‘अर्थपूर्ण’

बिआरटीनेपाल २०७७ असार २२ गते ०:५१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र विवाद उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुभएको छ । यान्छीले नेताहरुसँगको भेटलाई तिब्रता दिनुभएको छ । आइतबार साँझ उहाँले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको निवासमै पुगेर भेटवार्ता गर्नुभएको हो ।

पहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसपछि नेपाललाई भेट्न जानुभएको बुझिएको छ । वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गर्नुभएको छ ।

प्रधानमन्त्री फेरबदलका बारेमा निर्णायक हुनसक्ने अनुमान गरिएको नेकपा स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा यान्छीको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यी कमिटी बैठक सोमबारलाई तय भएको छ । करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत यान्छीको समेत सक्रियतापछि साम्य भएको चर्चा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू