अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

इरानको आणबिक केन्द्रमा आगलागी, व्यापक क्षति

बिआरटीनेपाल २०७७ असार २२ गते ०:४९ मा प्रकाशित

इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ ।इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले इरानको नातानज संबर्धन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाएतापति कारण भने सार्वजनिक गरेको छैन ।

सो आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएकोमा ती उपकरणहरु भन्दा आधुनिक उपकरणहरु प्रतिस्थापन गरिने प्रवक्ता कमलबन्दीको भनाई छ । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् ।

गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू