अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

नेकपा स्थायी कमिटी बैठक स्थगित, अध्यक्षद्वयबीच छलफल जारी

बिआरटीनेपाल २०७७ असार २२ गते ०:४२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आजलाई बोलाइएको बैठक आउँदो २४ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । यसअघि पनि पटक–पटक नेकपा स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ ।

नेकपामा देखिएको आन्तरिक द्वन्द्वले चरम रुप लिएको छ । विभिन्न तहका नेताहरु छलफलमा जुटेपनि त्यसले समस्याको समाधान निकाल्न सकेको छैन् । पार्टीभित्रको विवाद समाधान गर्न यतिवेला अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालवीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको छ ।

हिजो नेकपा अध्यक्षद्वय ओली र दाहालवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू