अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बिआरटीनेपाल २०७७ असार २१ गते २२:३४ मा प्रकाशित

देशभरि रहेका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि २ दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । यसअघि गएको वैशाख ६ र ७ गतेका लागि दोस्रो चरणको यो कार्यक्रम तय गरेको थियो । तर लकडाउन र कोरोना भाइरसको त्रासका कारण रोकिएको थियो । सोही कार्यक्रम सरकारले यहीँ असार २२ र २३ गतेका लागि तय गरेको हो ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार आज र भोलि आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि र बालभिटा समेत निस्शुल्क प्राप्त गर्न सकिनेछ । स्वास्थ्य सावधानी अपनाएर उक्त सेवा लिन शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।

भिटामिन ए र बालभिटा पाँच वर्षसम्मका सबै बालबालिकालाइ दिए पनि जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । बालबालिकाको स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न र रोग प्रतिरोधी क्षमता विकास गर्न सरकारले विभिन्न खोप र भिटामिन कार्यक्रम चलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू