अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

कोभिड–१९ का कारण विश्वभर १ करोड १५ लाख ५९ हजार २ सय बढी संक्रमित, ५ लाख ३६ हजार ७ सय ८६ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २१ गते २२:३० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १५ लाख ५९ हजार २ सय १३ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ३६ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६५ लाख ३५ हजार ९ सय २ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३२ हजार ५ सय ६९, इटालीमा ३४ हजार ८ सय ६१, स्पेनमा २८ हजार ३ सय ८५, फ्रान्समा २९ हजार ८ सय ९३, बेलायतमा ४४ हजार २ सय २० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ५ सय ७१, जर्मनीमा ९ हजार ८६ , बेल्जियममा ९ हजार ७ सय ७१, ब्राजिलमा ६४ हजार ९ सय , रसियामा १० हजार १ सय ६१ र क्यानडामा ८ हजार ६ सय ८४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १९ हजार ७ सय , पाकिस्तानमा ४ हजार ७ सय १२, बंगलादेशमा २ हजार ५२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय ६४ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ११ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू