अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

कोभिड–१९ का कारण विश्वभर १ करोड १४ लाख ११ हजार ६ सय बढी संक्रमित, ५ लाख ३४ हजार १ सय ९२ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २१ गते ७:५१ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १४ लाख ११ हजार ६ सय ७ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ३४ हजार १ सय ९२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६४ लाख ६१ हजार १ सय ३० जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३२ हजार ३ सय २७, इटालीमा ३४ हजार ८ सय ५४, स्पेनमा २८ हजार ३ सय ८५, फ्रान्समा २९ हजार ८ सय ९३, बेलायतमा ४४ हजार १ सय ९८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ५ सय ७१, जर्मनीमा ९ हजार ८१ , बेल्जियममा ९ हजार ७ सय ७१, ब्राजिलमा ६४ हजार ३ सय ६५ , रसियामा १० हजार १ सय ६१ र क्यानडामा ८ हजार ६ सय ७४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १९ हजार ३ सय ३ , पाकिस्तानमा ४ हजार ७ सय १२, बंगलादेशमा २ हजार ५२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय ६४ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १० जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू