अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

भारतमा कोरोना विरुद्धको खोपको मानव परिक्षण हुने

बिआरटीनेपाल २०७७ असार २१ गते ७:५० मा प्रकाशित

भारतमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपको मानव परीक्षण हुने भएको छ । भारतको बायोटेक औषधि कम्पनीले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप ‘कोभ्याक्सिन’ १५ अगस्टमा सार्वजनिक गरिने तयारी गरिएको छ । भारतको औषधि निर्माता उद्योग बायोटेक र भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) को तर्फबाट खोप सार्वजनिक गर्न लागिएको हो ।

खोपको पूर्व क्लिनिकल अध्ययन सफलतापूर्वक पूरा भएको र अब मानव परीक्षणको पहिलो र दोस्रो चरणको सुरुवात गरिने आईसीएमआरले जनाएको छ । खोपलाई लिएर आईसीएमआरको प्रक्रिया विश्व स्तरमा स्वीकृत मापदन्ड अनुसार सहि रहेको पनि आईसीएमआरले जनाएको छ ।

भारत विश्वकै चौथो कोरोना प्रभावित मुलुक हो । पछिल्लो २४ घन्टामा भारतमा २५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्यासँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ७५ हजार नाघेको छ भने १९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू