अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन र लोपिनभिर रिटोनाभिरको प्रयोगमा प्रतिवन्ध

बिआरटीनेपाल २०७७ असार २१ गते ७:४९ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले कोरोना सङ्क्रमित बिरामीहरुको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीन र लोपिनभिर रिटोनाभिर औषधिको प्रयोगलाई बन्द गरेको छ । मलेरियाको उपचारका लागि प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी सङ्क्रमितका प्रयोग हुने लोपिनभिर रिटोनाभिर औषधि कोरोना सङ्क्रमितलाई दिँदा मृत्युको जोखिम बढेको भन्दै संगठनले बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको उपचारका लागि यी दुई औषधिलाई सकारात्मक रुपमा देखिएको थियो । यसैबीच, विश्व स्वास्थ्य संगठनले विश्वभर पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमितको सङ्ख्या थपिएको बताएको छ । संगठनका अनुसार पछिल्लो २४ घन्टामा विश्वभर २ लाख १२ हजार ३ सय २६ जना नयाँ संक्रमित फेला परेका छन् । जसमा सबैभन्दा बढी अमेरिकामा मात्रै ५३ हजार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू