अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

नेकपामा विवाद बढिरहँदा प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच भेटवार्ता

बिआरटीनेपाल २०७७ असार २१ गते ७:४५ मा प्रकाशित

सत्तारुढ दलबाटै राजिनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट्नुभएको । आइतबार दिउँसो प्रधान सेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटघाट भएको हो।

फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएपछि प्रधानमन्त्री ओलीले शीतल निवास र वालुवाटार दौडधुप गर्नुभएको थियो ।

बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू