अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

‘उग्र वामपन्थी, मार्क्सवादी, आन्दोलनकारी र लुटेराहरूलाई’ परास्त पार्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

बिआरटीनेपाल २०७७ असार २१ गते ०:५३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ विरूद्ध मुलुकले प्रगती गरिरहेको वताउनुभएको छ । महामारी व्यवस्थापनमा टम्पको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले भाइरस प्रकोप सुरु भएको चीनलाई पूर्ण रूपमा जिम्मेवार बताउनुपर्नेमा जोड दिनुभयो । हालै रङ्गभेद विरोधी प्रदर्शनमा अमेरिकी नेताहरूका सालिक फोडेका प्रदर्शनकारीको ट्रम्पले कडा आलोचना गर्नुभयो ।

उहाँले उग्र वामपन्थी, माक्सवादी, आन्दोलनकारी र लुटेराहरूलाई“ परास्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो । अमेरिकामा कोरोनाभाइरसका कारण यस वर्षको स्वतन्त्रता दिवसका धेरैजसो कार्यक्रम रद्द गरिए । ट्रम्पले साथमा श्रीमती मेलानिया राखेर ह्वाइटहाउसको बगैँचामा अमेरिकी सुरक्षाकर्मी र अग्रमोर्चाका मेडिकल कर्मचारीको भिडलाई सम्बोधन गर्नुभएको थियो ।

उहाँले अमेरिकाका प्रतिभाशाली वैज्ञानिकहरूले आउँदो वर्षको अन्त्य अगावै औषधी वा खोपको समाधान निकाल्ने दावी गर्नुभयो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिवार २४ घण्टामा मात्र ४३ हजार भन्दा बढी सङ्क्रमित फेला परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू