अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

नेकपामा पार्टी एकता कायम राख्न अन्तिम कसरत स्वरुप ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

बिआरटीनेपाल २०७७ असार २१ गते ०:१० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आईतबार पनि भेटवार्ता हुँदैछ । नेकपा फुटको संघारमा पुगेका बेला एकता जोगाउन दुई अध्यक्षबीच अन्तिम कसरत स्वरुप गम्भीर छलफल हुने भएको हो ।

प्रधानमन्त्री ओलीले हिजो शनिबार मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर पार्टी फुट्न सक्ने संकेत दिइसक्नुभएको छ । तरपनि नेकपाका धेरै नेताहहरु पार्टी एकता कायम राख्नुपर्ने अडानमा छन् । पार्टीका अधिकांश नेताहरुले दुवै अध्यक्ष मिलेर जानुपर्ने अडानका साथ दुवै अध्यक्षलाई मिलाउने प्रयासरत छन् । तर पटकपटकको लामो छलफलमा पनि दुई अध्यक्ष ओली र प्रचण्डबीच कुनै समाझदारी हुनसकेको छैन । आजको छलफलमा दुई अध्यक्षबीच पार्टी एकता कायम राख्ने प्रयास स्वरुप गहन र बिस्तृत छलफल हुने एक प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो । यसअघि भएका पटक पटकका बैठकमा कुनै निष्कर्ष हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार संचालनमा स्वेच्छाचाता देखाएको भन्दै बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि शंशकित हुनुहुन्छ । उहाँहरुसहित स्थायी कमिटीका ४४ मध्ये ३० सदस्यले प्रधानमन्त्रीको राजीनामा माग्नुभएको छ । अर्का अध्यक्षले पनि आलोपालो सरकारको नेतृत्व गर्ने भनेर गरेको सम्झौता तोडेर गल्ती गरेको स्वीकारगरी सक्नुभएको छ । त्यसयता धेरै पटक दुई अध्यक्षले आ आफ्ना पक्षका नेताहरुलाई बोलाएर फरक फरक भेला गर्दै आउनुभएको छ ।

शनिबार प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई आफ्नो निवासमा बोलाएर पार्टी फुटको संकेत गर्दै आफ्नो लाईन क्लियर गर्न अनुरोध गर्नुभयो । उहाँले राष्ट्रपति र आफूमाथि ठूलो षड्यन्त्र भैरहेकोसमेत मन्त्रीहरुलाई बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू