अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

नेपाली श्रमिकको उद्धार गर्न आईएलओले एनआरएनए लाई ५ करोड १० लाख रुपैयाँ सहयोग गर्ने

बिआरटीनेपाल २०७७ असार २० गते ७:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई चार लाख २४ हजार अर्थात् पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । विदेशमा अफ्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न र कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । यो रकम विशेष गरी मलेसिया, यूएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगमा खर्च हुने उहाँको भनाइ छ ।

यस्तै कोरोनाले श्रम बजारमा पारेको प्रभाव र श्रमिकको हितका विषयमा अध्ययन गर्न पनि रकम खर्च हुनेछ । सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगमार्फत रकम परिचालन गरिने अध्यक्ष कुमार पन्तले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू