अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

अपडेट– बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका सातै जनाको शव भेटियो

बिआरटीनेपाल २०७७ असार २० गते ७:१५ मा प्रकाशित

बझाङमा आज बिहान गएको पहिरोमा पुरिएर बेपत्ता भएका ७ जनाकै शव भेटिएको छ । पहिरोका कारण १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । मृतकको सनाखत भइनसकेको बझाङ्का सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।

आज बिहान दुइ बजेतिर गएको पहिरोले क्षति भएको हो । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना भने गाउँलेको सम्पर्कमा आएका छन् । गाउँमा ४० परिवारको बसोबास रहेको छ । पहिरो गएको गाउँमा उद्धारमा नेपाल प्रहरी, नेपाली सेनाको टोली र स्थानीय खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू