अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै

बिआरटीनेपाल २०७७ असार २० गते ७:११ मा प्रकाशित

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ५१ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये चार सय ४१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ हजार ६ सय नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू