अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति

बिआरटीनेपाल २०७७ असार २० गते ७:११ मा प्रकाशित

ब्राजिल सरकारले कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको नियमित स्वास्थ्य जाँच संस्थानले चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका अनुमति दिएको हो ।

यस क्लिनिकल परीक्षणमा चीनको सिनोभेक र ब्राजिलको एक औषधि उद्योग सहभागि हुने छन् । ब्राजिलको ६ राज्यमा चीनले विकास गरेको खोपको परीक्षण हुने जनाइएको छ । ब्राजिल विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण १५ लाख ४५ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने ६३ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू