अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

मुआब्जाको विषयलाई लिएर ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडपः प्रहरीद्वारा अश्रुग्यास प्रहार

बिआरटीनेपाल २०७७ असार २० गते ३:२२ मा प्रकाशित

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको हो। फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले अवरोध गर्न खोजेको थियो । सोही क्रममा किसान र प्रहरीबीच झडप भएको हो ।

किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएको भन्दै खनजोत गरी रोपाइँ गरेका थिए । फाष्ट ट्रयाक पर्ने जमिनमा नै स्थानीय किसानहरुले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित थियो ।

आक्रोशित किसानहरुको समूहलाई लक्षित गरी प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हानेका थिए । जसका कारण केही व्यक्ति घाइते भएका छन् । यसअघि असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो। तर किसानहरु भने मुआब्जा नपाएको जग्गामा धान रोपेर नै छाड्ने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू