अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

प्रतिपक्ष दलहरुद्वारा संसद बैठक माग गर्ने तयारी

बिआरटीनेपाल २०७७ असार २० गते ३:०२ मा प्रकाशित

प्रतिपक्ष दल संसद बैठक माग गर्ने तयारीमा जुटेका छन् । महत्वपूर्ण विभिन्न विधेयकमा छलफल भइरहेकै बेला संघीय संसदको वर्षे अधिवेशन बिना कारण अन्त्य भएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दल संसद बैठक मागको तयारीमा जुटेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार असार १८ गते बेलुकी ५ बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको थियो । राष्ट्रपतिले संवैधानिक प्रक्रिया र प्रावधान अनुसार नै संसदको अधिवेशन अन्त्य  गरे पनि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

संविधानमा अधिवेशन अन्त्य भएपछि पनि संसदको एक चौथाई सदस्यले माग गरे संसदको विशेष अधिवेशन सक्ने प्रावधान छ । संविधानको धारा ९३ को ९३० मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ’ भन्ने उल्लेख छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संवैधानिक प्रावधान अनुसार संसदको विशेष अधिवेशनबारे छलफल शुरु गरेका छन् । एक चौथाई सदस्यले संसद बैठक माग गरेको अवस्थामा सरकारले चाहेर पनि संसद् अधिवेशन रोक्न मिल्दैन ।  कानुनविद् भिमार्जुन आचार्यले संसद अधिवेशन अन्त्यपछि  ट्ववीट गर्दै ‘संसद सरकारले यसरी आफूखुशी उपयोग गर्दै जाने हो भने संसदीय व्यवस्थाको अवधारणा नै खण्डित हुने’  टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू