अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

पाकिस्तानमा रेल र भ्यान ठोकिदा १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार २० गते २:३९ मा प्रकाशित

पाकिस्तानमा शिख धर्मावलम्बीहरु बोकेको भ्यान र रेल एक आपसमा ठोकिंदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानको पन्जाव राज्य नजिकै लाहोर एक्सपे्रस रेल र शिख धर्मावलम्बीहरु चढेको भ्यान एक आपसमा ठोकिएर भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

भ्यानमा सवारहरु कराचींबाट नानकाना क्षेत्र जाँदै गरेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । २५ जना सवार भ्यानले टेन आउने बाटोको ढोका बन्द रहेको अवस्थामा बाटो पार गर्न खोज्दा ढोका खुलेपछी ट्रेनसंग ठोक्किएको हो । मारिनेमा अधिकांश महिलाहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू