अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

प्युुठानको माडी खोलामा ट्रिपर खस्दा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार २० गते २:३२ मा प्रकाशित

प्युठानको सरुमारानी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा २ जनाकोे मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मोतीपुरमा ना ७ ख ८९३८ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

नौबहिनी गाउँपालिका वडा नम्बर ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ट्रिपर सडकबाट खसेको हो । दुर्घटनामा ट्रिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुन मृत्युको भएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । प्रहरी निरीक्षक पौडेलका अनुसार ट्रिपर सडकबाट करिब ६ सय मिटर तल माडी खोलामा खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू