अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

गजल

नवराज न्यौपाने 'मौन' २०७७ असार १९ गते १३:४४ मा प्रकाशित

(लोकलयमा )
आँफैंलाई पुर्ने खाल्टो मलाई खन्नु छैन
अरूलाई होच्याएर ठुलो बन्नु छैन

काम कुरो सबै छाडी रल्लिएर हिड्दै
भोक तिर्खा बिर्सिएर दलिन गन्नु छैन

सपना ती सजाएर राखेको छु मैले
होस्टे मात्र गरी एक्लै यहाँ कन्नु छैन

घोप्टिएछ सपनाको थाली लडेपछि
सुख- दुःख सँगै राख्छु तै निफन्नु छैन

नहराए मानवता देश बन्ला स्वर्ग
सच्चा माया सँगाल्दिनु अरू भन्नु छैन