अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

ला लिगा फुटवलः रियाल मड्रिड उपाधि नजिक

बिआरटीनेपाल २०७७ असार १९ गते ७:३८ मा प्रकाशित

स्पेनिस लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ७९ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरे । यो गोलसँगै रामोसले स्पेनिस लिग फुटबलमा ४ सय ५० गोल पुरा गरेका छन् । जितपछि शीर्ष स्थानको रियाल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ ।

समान खेलबाट बार्सिलोनाको ७० अंक छ । अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक स्पेनिस लिग जित्नेछ । लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा ओसासुनाले आइबरलाई २–० ले तथा रियाल सोसिडाडले इस्पानियोललाई २–१ ले पराजित गरे ।

प्रतिक्रिया