अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित

बिआरटीनेपाल २०७७ असार १९ गते ७:३१ मा प्रकाशित

गण्डकी प्रदेश सरकारकोे आगामी आर्थिक वर्ष २०७७/ ०७८ को बजेट बहुमतले पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट पारित भएको हो ।

मन्त्री गुरुङले खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान एक अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीवापत प्राप्त हुने ३० करोड रहेको प्रदेश सभा बैठकलाई जानकारी गराउनुयो ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५० करोड ८५ लाख ६० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ अर्ब २७ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म एक अर्ब ७० करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू