अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

काँग्रेस सभापति देउवा कार्यकर्ताप्रति आक्रोशित, कलहका कारण बदनाम हुनुपरेको ठहर

बिआरटीनेपाल २०७७ असार १९ गते ७:३१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कार्यकर्ताहरुमाथि आक्रोशित बन्नुभएको छ । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले यस्तो आक्रोश पोख्नुभएको हो ।

गाउँ, विद्यालय तहमा समेत नेविसंघ नभएको भन्दै उहाँले एकआपसबीचको कलहकै कारण बदनाम हुनुपरेको जिकिर गर्दै कार्यकर्तालाई झपार्नुभएको हो । देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कडा आपति समेत जनाउनुभएको हो ।

नेविसंघलाई बलियो बनाउनका लागि विद्यालय तहमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई विद्यार्थीहरुले आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू