अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असार १९ गते ७:२७ मा प्रकाशित

नेकपा समर्थित युवाहरुले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका छन् । पार्टीभित्र आन्तरिक विवाद चरमोत्कर्षमा पुगिरहेको अवस्थामा युवाहरुहरुले प्रधानमन्त्री फेर्ने र अस्थिरता निम्त्याउने काम नगर्न पार्टी नेतृत्वलाई सचेत गराउँदै प्रदर्शनमा उत्रेका हुन् ।

स्थानिय मानवअधिकार चोकमा भेला भएका युवाहरुले भारतले गरेको नेपाली भूमी अतिक्रमणविरुद्ध चुनौती दिएर उभिएका प्रधानमन्त्रीलाई साथ दिन र पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्ने बेलामा पार्टी नै फुटाउने गरि चलखेल भएकोले प्रदर्शनमा उत्रनु परेको बताएका छन् ।

राष्ट्रियतामा अडान लिएर र विकास निर्माणमा अघि बढेको सरकारलाई हटाउने चलखेल भएकोले अस्थिरता निम्त्याउने कार्यकाविरुद्धमा सडकमा उत्रिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू