अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, संक्रमण अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०७७ असार १९ गते ७:२४ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । काठमाडौं नयाँ बानेश्वरका उच्च रक्तचाप र पार्किन्सन्सका ८५ वर्षीय बिरामीको निजी अस्पतालमा १७ गते मृत्यु भएको र उक्त बिरामीमा कोरोना पुष्टि भएसंगै मृतक ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा उच्च ७ सय ४० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १५ हजार २ सय ५९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । योसंगै अहिलेसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् । ३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् । ९ हजार ८४ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म २ लाख ४२ हजार २ सय ४७ वटा पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू