अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

कोरोनाका कारण मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेकोप्रति विश्व स्वास्थ्य संगठनको चिन्ता व्यक्त

बिआरटीनेपाल २०७७ असार १८ गते ७:०१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन कोरोना भाइरस महामारीका कारण मध्यपूर्वका मुलुक निकै खराब अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । मध्यपूर्वका देशले कोरोना संकटलाई वेवास्ता गर्दै बन्दाबन्दीलाई खुकुलो बनाउँदै गएपछि त्यस क्षेत्रमा कोरोना महामारी खराब अवस्थामा पुगेको संगठनले नियमित जानकारीको क्रममा बताएको हो ।

संगठनले मोरक्कोदेखि पाकिस्तानसम्मका २२ मुलुकमा कोरोना संक्रमितको संख्या दश लाख नाघेको भन्दै अवस्था झन् भयावह हुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका पूर्वी भूमध्यसागर क्षेत्रीय कार्यालयका प्रमुख अहमद अल मन्धारीले मध्यपूर्व क्षेत्रमा कोरोना संक्रमणका कारण मृत्यु भएकामध्ये ८० प्रतिशत पाँच मुलुक मिस्र, पाकिस्तान, ईरान, ईराक र सउदी अरबका रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू