अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

प्रिमियर लिगः चेल्सी र लेष्टर सिटी पराजित

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५५ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले अप्रत्याशित हार व्यहोरेका छन् । तालिकाको चौथो स्थानमा रहेको चेल्सीलाई गएराति वेष्ट ह्याम युनाईटेडले ३–२ ले पराजित गर्यो । यो हारसँगै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीलाई उछिन्ने अवसर गुमाएको छ ।

गएराति भएको खेलमा लेष्टर सिटी पनि एभर्टनसँग २–१ ले पराजित भयो । प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले नरिच सिटीलाई ४–० ले पाखा लगायो । प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाईटेडले बर्नमाउथलाई ४–१ ले पाखा लगायो । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानको लेष्टर सिटी र चौथो स्थानको चेल्सीबिच १ अंकको दुरी कायमै छ ।

लेष्टरको ३२ खेलबाट ५५ अंक छ भने समान खेलबाट चेल्सीको ५४ अंक छ । एक खेल कम खेलेको च्याम्पियन लिभरपुलको ८६ अंक रहँदा ६३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू