अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

कोभिड–१९ का कारण विश्वभर १ करोड ८ लाख ३६ हजार बढी संक्रमित, ५ लाख १९ हजार ६ सय ५ को मृत्यु,

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ८ लाख ३६ हजार २ सय ६४ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख १९ हजार ६ सय ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६० लाख ५७ हजार १ सय ९२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३० हजार ८ सय १३, इटालीमा ३४ हजार ७ सय ८८, स्पेनमा २८ हजार ३ सय ६३ , फ्रान्समा २९ हजार ८ सय ६१, बेलायतमा ४३ हजार ९ सय ६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार १ सय ६, जर्मनीमा ९ हजार ६१ , बेल्जियममा ९ हजार ७ सय ६१, ब्राजिलमा ६० हजार ७ सय १३ , रसियामा ९ हजार ६ सय ८३ र क्यानडामा ८ हजार ६ सय १५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १७ हजार ८ सय ६० , पाकिस्तानमा ४ हजार ४ सय ७३, बंगलादेशमा १ हजार ९ सय २६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय ७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १० जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू