अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असार १८ गते ६:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ ।माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओलीको तस्वीर लिएका उनीहरुले ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानरसमेत बोकेका थिए । ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री ओलीको राजिनामा माग भएसंगै युवाहरुले उहाँको पक्षमा प्रदर्शन थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू