अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८
| Colorodo: 20:23
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुभएन ।
बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक रोकिएको जनाईएको छ । बैठक रोकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको थियो ।
राष्ट्रपतिसँग झन्डै १ घन्टा छलफल गरेर प्रचण्डले फेरि बालुवाटारमा बैठक सुरू गरेपनि त्यो बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुनुभएन । फेरि सुरू भएको बैठकमा प्रचण्डले आफ्ना कुरा राखेपछि बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित गरिएको जनाईएको छ ।