अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

नेपालमा कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु, ४ सय ७३ नयाँ संक्रमित थपिए

बिआरटीनेपाल २०७७ असार १८ गते ६:४४ मा प्रकाशित

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।

ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बिहीबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिनुभयो । अस्पताल भर्ना भएपछि शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । पछिल्लो २४ घन्टामा १०९ महिलासहित ४ सय ७३ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमित १४ हजार ५ सय १९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ६४ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका जनाइएको छ । योसँगै अहिलेसम्म ५ हजार ३ सय २० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।हाल देशभर ३८ हजार १०९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । १० हजार १३७ जना ‘आइसोलेसन’मा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार ५ सय ३७ ओटा पीसीआर परीक्षण भएको छ । अहिलेसम्म २ लाख ३३ हजार ७ सय ६४ ओटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू