अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

प्रतिनिधि र राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित, बैठक स्थगित

बिआरटीनेपाल २०७७ असार १७ गते ७:०२ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको संसद बैठक काँग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज बिहान निधन भएको थियो ।

मुटुसम्बन्धि रोगबाट पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । बाग्लुङको तमानखोला पाँचमा जन्मिनुभएका छन्त्याल ढोरपाटन नगरपालिका एक बुर्तिवाङमा बस्दै आउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते एक बजेसम्मका लागि स्थगित भएको सभामुख अग्निसापकोटाले बताउनुभयो ।

यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै भोलि दिउँसो एक बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू