अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

‘एमसीसी’ खारेजीको माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०७७ असार १७ गते ७:०१ मा प्रकाशित

‘एमसीसी’, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् ।काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति–२०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, ‘पीसीआर’ परीक्षणमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेटसहित सडकमा उत्रिएका थिए । उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर परीक्षण बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू