अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपियो

बिआरटीनेपाल २०७७ असार १७ गते ७:०१ मा प्रकाशित

आज हरिशयनी एकादशी मनाईएको छ । आज घर–घरमा तुलसीको बिरुवा रोपेर व्रत बस्ने गरिन्छ । आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ । आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरू पुगेका छन् ।

यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ । हिन्दू धार्मिक मान्यताअनुसार घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।

हरिबोधनी एकादशीमा भगवान विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू