अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

पेट्रोलियम पदार्थको मूल्य बढाइयो

बिआरटीनेपाल २०७७ असार १७ गते ७:०० मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा एक लिटरमा ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रुपैयाँ मूल्य बढेको हो । बढेको मूल्य आजैदेखि लागू भएको छ ।

मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा एक लिटर पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ पुगेको छ । आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा आजदेखि लागू हुने गरी मूल्य बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू