अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५७ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार मात्र ४ सय ८२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणपछि निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३० पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार ३ सय ६० जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय २३, प्रदेश २ मा ३ हजार ८ सय ५६, बागमती प्रदेशमा ४ सय ५८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश ५ मा ३ हजार आठ सय ४३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू