अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

अस्ट्रेलियाको मेलबर्नमा फेरि बन्दाबन्दीको घोषणा

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५३ मा प्रकाशित

कोरोना भाइरसको दोस्रो चरणको लहर सुरु भएको भन्दै अस्ट्रेलियाको मेलबर्नमा फेरि बन्दाबन्दीको घोषणा गरिएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबर्नमा कोरोना भाइरस महामारीको दोस्रो चरणको लहर सुरु भएको अस्ट्रेलियन सरकारको भनाइ छ । समाचार संस्था रोयटर्सका अनुसार, बन्दाबन्दी आजराति १२ बजेदेखि लागू हुनेछ ।

तीन लाख २० हजार जनसंख्या रहेको मेलबर्नमा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ । अस्ट्रेलियन सरकारका अनुसार अस्ट्रेलियामा हालसम्म कोरोना भाइरसका कारण ७ हजार ९ सयभन्दा बढी मानिस सङक्रमित भएका छन् । जसमा १ सय ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू