अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

कोरोना भाइरसका कारण भारतमा एकैदिन हालसम्मकै धेरै मानिसको मृत्यु

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५३ मा प्रकाशित

कोरोना भाइरस संक्रमणका कारण भारतमा एकैदिन हालसम्मकै धेरै मानिसहरुको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ५ सय ७ जनाको मृत्यु भएको हो । यो हालसम्मकै धेरै मृत्यु संख्या रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ हजार ४ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा १८ हजार ६ सय ५३ जना नयाँ कोरोना सङक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङक्रमित हुनेको संख्या ५ लाख ८७ हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू