अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकमा जर्भोस नियुक्त

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५२ मा प्रकाशित

विश्व बैंकले फारिस हदाद जर्भोसलाई नेपालसहित माल्दिभ्स र श्रीलंकाको समेत राष्ट्रिय निर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ । नवनियुक्त निर्देशक जर्भोसले आजदेखि नै जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि नेपाल, श्रीलंका र माल्दिभ्सको राष्ट्रिय निर्देशक रहेकी आइडाजी पस्वराई रिद्धीहोलाई विश्व बैंकमै अर्को नयाँ जिम्मेवारी दिइएपछि जर्भोसलाई निर्देशकमा नियुक्त गरिएको हो ।

अमेरिकी नागरिक हदाद जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध हुनुहुन्छ । उहाँले यसअघि मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसक्नुभएको छ । साथै उहाँले यसअघि खाडी सहकार्य राष्ट्रमा प्राविधिक सहकार्य प्रबन्धक, इराकमा मिसन प्रमुख र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चापलन प्रबन्धकका रूपमा काम गरिसक्नुभएको छ ।

कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरको सम्बोधन गर्न तीन वटै देशले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उहाँको नियुक्ति भएको हो । विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढीको कोभिड–१९ आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाइ सुदृढ गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू