अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

नेपालमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो

बिआरटीनेपाल २०७७ असार १७ गते ६:४५ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका ५ का ४५ बर्षका पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेण्टाइनमा बसिरहेका थिए । असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो । आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो २ बजे उनको मृत्यु भएको थियो ।

कोरोना पुष्टि भने गएराती मात्रै भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ३० पुगेको छ । सुदूरपश्चिममा मात्रै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू