अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

पार्टी एकिकरण पछि पनि निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

बिआरटीनेपाल २०७७ असार १६ गते ७:४८ मा प्रकाशित

निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न गर्नुभएको थियो । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिनुभएको बताउनुभयो ।

प्राप्त जानकारीअनुसार झापाका सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको छ । पवक्ता श्रेष्ठले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताउनुभयो । बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू